२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माछापुच्छ्रे बैंकका थप १४ शाखा रहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंकका थप १४ शाखा रहित बैंकिङ सेवा

1K
Shares

माछापुच्छ्रे बैंकले झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कूल १४ स्थानमा शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ।
बैंकका हालसम्म ९७ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ। ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स
भुक्तानी, साथै कर्जा आवेदन गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकलेदेशभरि १०० वटा शाखाहरु लगायत ९७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १९७ स्थानबाट बैंकिङ कारोबार गर्दैआएको छ। बैंकका देशभर १२१ वटा एटिएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij