२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुजुकी मोटर्सको इस्टेट अफ द आर्ट सर्भिस सेन्टर अब पोखरामा

सुजुकी मोटर्सको इस्टेट अफ द आर्ट सर्भिस सेन्टर अब पोखरामा

2.3K
Shares

पोखरा– सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले पोखराको लागि बतास ब्रदर्सको ‘स्टेट अफ द आर्ट’ सर्भिस सेन्टर संचालनमा ल्याएको छ । पोखरास्थित सर्भिस सेन्टरको उद्घाटन सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी तथा बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले सामुहिक रुपमा गरेका छन् ।
१० हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टरमा ६ ओर्कीङ वे रहने र मासिक १ हजार वटा गाडी सर्भिसिङ गर्न सक्ने क्षमता सर्भिस सेन्टरको रहेको छ । सुविधा सम्पन्न तथा अत्याधुनिक मेसिन तथा औजारहरुले सुसज्जित यस सर्भिस सेन्टर बडि मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन रिपेयर एरिया गरी छुट्टा छुट्टै शाखामा विभाजन गरिएको छ ।

सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजाँच गरिन्छ । यहाँ सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ गर्ने गरिन्छ । सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्जको व्यवस्था रहेको छ, जहाँ आरामसँग वसी ग्राहकले आफ्नो गाडी सर्भिसिङ भइरहेको अवलोकन समेत गर्न सक्नेछन् ।

सर्भिस सेन्टर संचालनमा आएसँगै गण्डकी तथा धौलागीरमा मात्र ६ स्थानबाट सुजुकीको टच प्वाइन्टहरु सञ्चालनमा आएका छन् । गोर्खा, वालिङ, वुर्तिवाङ, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सुजुकीले सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij