२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंक र ह्याम्स हस्पिटल बीच सम्झौता

एनआईसी एशिया बैंक र ह्याम्स हस्पिटल बीच सम्झौता

1.4K
Shares

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र धुम्बाराही स्थित ह्याम्स हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij