२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बेलायतका पाँच मस्जिदमा एकपछि अर्काे आक्रमण

बेलायतका पाँच मस्जिदमा एकपछि अर्काे आक्रमण

865
Shares

काठमाडाैं – बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमणम भएको बताइएको छ । बुधबार रातिदेखि बिहीबार बिहानको बीचमा ती हमलाहरु भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ । मस्जिदको बाहिरी झ्यालमा ठुलो घनले हिर्काइएको प्रहरीले जानकारी दिए । बर्चफिल्ड रोडस्थित मस्जिदमा उक्त हमला मध्यराति करिब साढे २ बजे भएको बताइएको छ ।
उक्त हमलाको सूचना प्राप्त भएको ४५ मिनेटपछि समान प्रकृतिके हमला अर्डिंगटनमा भएको सूचना प्राप्त भएको थियो । त्यसबाहेक एस्टन र पेरीमा पनि समान प्रकृतिको हमला भएको प्रहरी अधिकारीहरुले सुचना प्राप्त गरेको बताइएको छ । त्यसैगरी अल्बर्ट रोडमा पनि त्यस्तै हमला भएको बताइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij