प्रभु बैंकको एकैसाथ दुई नयाँ शाखा विस्तार

काठमाडौं– प्रभु बैंकले झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङको उर्लाबारी नगरपालिका वडा नं. ७ मा नयाँ शाखा विस्तार गरेको छ ।
चन्द्रगढी नगरपालिका ७ स्थित चन्द्रगढी शाखा कार्यालयको झापा जिल्ला प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे भने मोरङ उर्लाबारी शाखाको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै झापा जिल्ला प्रमुख जिल्ला अधिकारी दाहाल र मेयर खड्ग फागाले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology