२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेजिआईले ल्यायो रुस्लान गोल्ड रिजर्भ भोड्का

जेजिआईले ल्यायो रुस्लान गोल्ड रिजर्भ भोड्का

1.2K
Shares

काठमाडौं –जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले खान मिल्ने सुनको पत्र भएको प्रिमियम भोड्का रुस्लान गोल्ड रिजर्भ बजारमा ल्याएको छ । भोड्काका पारखीलाई नयाँ स्वाद प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड नाराका साथ नेपालकै पहिलोपटक ल्याएको उक्त भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स राखिएको कम्पनीले जनाएको छ ।

युरोपियन फुड ग्रेडबाट प्रमाणित यस भोड्कामा मिसाइएको सुन जर्मनीबाट आयात गरिएको कम्पनीको भनाइ छ । गुणस्तरका लागि रुस्लान गोल्ड रिजर्भ भोड्काको हरेक ब्याच आइएसओ–आइइसी प्रमाणित ल्याबबाट परीक्षण गरिएको कम्पनीको दाबी छ ।

भोड्काका पारखीले अत्यधिक रुचाउँदै आएको रुस्लान ब्रान्डले ग्राहकलाई नयाँ स्वाद प्रदान गर्न गोल्ड रिजर्भ भोड्का ल्याएको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले जानकारी दिए ।

रुस्लान गोल्ड रिजर्भ हाललाई काठमाडौंका सीमित स्टोर, रेस्टुरेन्ट, बार, क्लब र लाउन्जमा उपलब्ध हुने बताइएको छ । यो भोड्का ७ सय ५० मिलिको २ हजार २ सय, ३७५ मिलिको १ हजार १ सय तथा १ सय ८० मिलिको ५ सय ५० रुपैयाँ प्रतिबोतलमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij