काठमाडौं– मुक्तिनाथ विकास बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार भएको छ । बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
ठिमी नयाँ शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल तथा बनेपा नयाँ शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गरेका छन् ।
शाखा कार्यालय ठिमीको समुद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेलले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योग पतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
शाखा कार्यालय बनेपाको समुद्घाटन गर्दै बनेपा नगरपालिकाका मेयर श्रेष्ठले मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले स्थानीय संघसस्थाहरुसँग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
बैंकको हाल मुलुकभर १ सय १४ वटा शाखा, २० वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij