रुकुम – आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले २३ बर्षिय शिक्षक प्रकाश खड्कालाई पक्राउ गरेको छ। शिक्षक खडका जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको राप्तीज्ञानोदय माविमा कार्यरत थिए।
उक्त विद्यालयमा पशु प्राविधिक विषय अध्यान गर्दै गरेकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। सोहि विद्यालयमा पशु प्राविधिक पढाउँदै आएको खड्काले बालिकालाई बलात्कार गरेको भन्दै पिडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खडकाले एकान्त जंगमा लगि बलात्कार गरेको पिडितले प्रहरी समक्ष दिएको उजुरीमा उल्लेखे छ। पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij