एजेन्सी– मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कम उमेरकी अर्बपति बनेकी केइली जेनर । उनले बनाएको यो रेकर्ड आफ्नै परिश्रमले बनाएकी हुन । कायली जेन्नरले सबैभन्दा कान्छी अर्वपति बनेर इतिहास रचेकी छिन् ।
विश्वव्यापी छरिएको कायली कस्मेटीक ब्राण्डले उनलाई अर्वपतिको चिनारी थपिदिएको हो ।
कायली जेन्नरले फेसबुकका संस्थापक मार्क जुकरबर्गको नामका रहेको रेकर्ड तोडेकी हुन् । जुकरवर्गले २३ वर्षको उमेरमा सबैभन्दा कान्छो अर्वपति बनेर इतिहास बनाएका थिए । २१ वर्षमा अर्वपति बनेपछि त्यो रेकर्ड अब कायलील जेन्नरको पोल्टामा परेको छ ।
कम्पनीकी मालिक केइली एक्लै हुन् । जम्मा २९ डलरको लिपिस्टकबाट कारोवारको सुरुवात गरेकी उनको कम्पनीको मुल्य अनुमानित नब्बे करोड डलर पुगेको छ ।

‘मैले केही सोचेकी थिइन, भविष्यवाणी पनि गरेकी थिइन, तर अहिले भएछु, म खुशी छु,’ उनले फोर्व म्यागेजिनलाई भनिन् ।
फोब्र्सका अनुसार कायली कस्मेटीक ९ सय मिलियन डलर बराबरको छ, जुन कायली एकल सम्पत्ति हो ।
कायली कम्मेटिकले सन २०१८ मा ९ प्रतिशत बृद्धि हासिल गरेको थियो । लिप किट उत्पादन सार्वजनिक गरेपछि ६ महिनामै ५४.५ मिलियन डलर फाइदा भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij