२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टाटा मोटर्सले जेनेभा मोटर शोमा अल्ट्रोज र अल्ट्रोज ईभी कार सार्वजनिक

टाटा मोटर्सले जेनेभा मोटर शोमा अल्ट्रोज र अल्ट्रोज ईभी कार सार्वजनिक

2.1K
Shares

टाटा मोटर्सले जेनेभा मोटर शोमा अल्ट्रोज र अल्ट्रोज ईभी गरी दुई मोडलका कार सार्वजनिक गरेको छ । कम्पनीले केही दिन पहिले मात्र सो कारको नाम अल्ट्रोज भएको सार्वजनिक गरेको थियो ।

टाटा अल्ट्रोज कन्भेन्सनल पावरट्रेनका साथै इलेक्ट्रिकमा समेत उपलब्ध हुनेछ । यो कम्पनीको इम्प्याक्ट डिजाइन २.० स्टाइल ल्यांग्वेजमा उपलब्ध दोस्रो मोडल हो । यो भन्दा पहिले टाटा ह्यारियर पनि यही डिजाइनमा बनेको छ ।

टाटा अल्ट्रोज विशेष प्रकारको डिजाइनमा निर्माण गरिएको छ । यसको फ्रन्ट बम्परको माथिल्लो भागमा ठूलो हेडल्याम्प माउन्ट गरिएको छ ।

टाटा अल्ट्रोज कम्पनीको अल्फा आर्किटेक्चरमा आधारित छ । टाटाले अटो एक्सपो २०१८ मा प्रदर्शन गरेको ४५एक्स कन्सेप्ट स्टाइलमा अल्ट्रोज निर्माण गरिएको छ ।

टाटा अल्ट्रोज तीन इन्जिन अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ । यसमा टियागो ह्याचब्याक जस्तै १.२ लिटरको पेट्रोल इन्जिन, १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij