२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२९ वर्षदेखि कोही छिरेनन् वीर अस्पतालकाे भिभिआइपी कक्षमा, नेता सबै उपचार गर्न विदेश

२९ वर्षदेखि कोही छिरेनन् वीर अस्पतालकाे भिभिआइपी कक्षमा, नेता सबै उपचार गर्न विदेश

1K
Shares

काठमाडौं – वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको छ ।
वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरुसँग भेटघाट गर्ने परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछ्ुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सका लागि छुट्टाछुट्टै कोठा छन् । यसबाहेक बान्सा र बाथरुम छन् । पञ्चायत कालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो । यो समाचार अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij