२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

1.7K
Shares

काठमाडौं–मुक्तिनाथ विकास बैंकले “सबैमा वित्तीय साक्षरता, आजको आवश्यकता” भन्ने मूल आशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले यस्तो कार्यक्रम विगत ५ बर्ष देखि निरन्तर संचालन गर्दै आईरहेको बैंकले जनाएको छ । बैंकले फाल्गुण १७ गतेका दिन तनहँु, पोखरा, रुपन्देही, पर्वत र चितवन गरी ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग, सफा नोटको प्रयोग, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य भएको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो । सम्पन्न भएका कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुकोे उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले हालसम्म २४१ वटा वित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५,००० जना सहभागीहरुलाई वित्तिय साक्षरता प्रदान गरी सकेको छ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिई रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij