२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धनकुटामा एभोकाडोका ६० लाखका बिरुवा बिक्री

धनकुटामा एभोकाडोका ६० लाखका बिरुवा बिक्री

1.1K
Shares

धनकुटा-धनकुटामा व्यावसायिक रूपमा एभोकाडोको खेती सुरु भएसँगै एभोकाडोका बिरुवाको माग बढेको छ । जिल्लामा ७ वटा नर्सरीमा रहेका ४० हजार एभोकाडोका बिरुवा बिक्री भए पनि माग धान्न नसकिएको नर्सरी सञ्चालकले बताएका छन् ।

नगरमा रहेका नर्सरीबाट करिब ६० लाख रुपैंयाँ मूल्यबराबरको बिरुवा बिक्री भए पनि किसानहरूको माग धान्न नसकिएको धनकुटा नगरपालिका–७ का भरत गुरागाईंले बताए । यो वर्ष किसानको माग धान्न नसकेपछि एभोकाडोको फल किनेर बिरुवा उत्पादनमा लाग्ने धनकुटा नगरपालिका–३ पात्लेका नर्सरी कृषक गोपाल वाग्लेले बताए ।

धनकुटा नगरपालिकाले एभोकाडो खेतीका लागि नगरका किसानलाई प्रोत्साहन गरेसँगै जिल्लाभर एभोकाडोतर्फ किसानको आर्कषण बढ्न थालेको छ । जिल्लाको ४३ प्रतिशत जमिनमा एभोकाडो खेती गर्न सकिने कृषिविज्ञ जीवन राईले बताए । धनकुटाको नर्सरीबाट परीक्षणका लागि अन्य ३१ जिल्लामा बिरुवा बिक्री भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij