काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौंबाट तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न उडेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा मन्त्रीसहित ६ जना सवार थिए। थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij