२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारी चिकित्सक संघले बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने

सरकारी चिकित्सक संघले बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने

1.4K
Shares

काठमाडौँ– सरकारी चिकित्सक संघले मंगलबारसम्म माग सम्बोधन नभए बुधबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी लिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत सरकारी चिकित्सक संघ बीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।
स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव र आन्दोलनरत सरकारी चिकित्सकबीच भएको वातामा कुनै सहमति हुन नसकेको सरकारी चिकित्सक संघले जनाएको छ ।
मन्त्रालयले चिकित्सकको माग जायज भएको बताएपनि निकासको बाटो तय हुन नसक्दा वार्तामा निष्कर्षविहिन भएको बताइएको छ ।
कर्मचारी समायोजनको विषयमा विरोध जनाउँदै आएको सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि आइतबारदेखि लागू हुने गरी सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij