२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको एकैदिन ५ नयाँ शाखा सञ्चालनमा

ज्योति विकास बैंकको एकैदिन ५ नयाँ शाखा सञ्चालनमा

1.3K
Shares

काठमाडौं – ज्योति विकास बैंकले बुधबार ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले एकैदिन भक्तपुर जिल्लाको बोडेमा, काभ्रेको बनेपामा तथा काठमाडौं जिल्लाका साखुँ, बलम्बु र कीर्तिपुरमा गरि पाँच नयाँ शाखा औपचौरिक रुपमा सञ्चालनमा ल्याएको छ ।
बोडे शाखाको उद्घाटन मध्यपुर थिमी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष देवकृष्णमोय श्रेष्ठ तथा बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । साथै, बनेपा शाखाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिँह बादे श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
त्यसैगरि, साखुँ बजारमा रहेको नयाँ शाखा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ तथा बैंकका सञ्चालक छत्रमान श्रेष्ठले र कीर्तिपुर शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका हुन् ।
साथै, चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्बुमा रहेको नयाँ शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरेका छन् । सो अबसरमा डेपुटी गर्भनर श्रेष्ठले सरकारले लिएको निती अनुसार सहुलियतपुर्ण कर्जामा बैंकले ध्यान दिँदै डिजिटल भुक्तानी तिर अग्रसर हुँदै वित्तीय साक्षरतामा समन्वय गर्न आग्रह गरेका छन् । साथै, स्थानीय जनप्रतिनिधीहरुलाई पनि बैकहरुसँग सहकार्य गर्दै देश समृद्व बनाउने अभियानमा लाग्न अनुरोध गरेका छन् ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij