काठमाडौँ – महानगरीय प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना५ख ६५९९ नंको बसमा आज जाँच गर्दा सर्लाहीका राजेशकुमार गुप्ता लागुऔषधसहित पक्राउ परेका हुन् ।
लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध नाइट्रोभेट ७५७ ट्याबलेट बरामद गरिएको प्रहरी कार्यालयका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij