काठमाडौं– नबिल बैंकले २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार ५ सय २० रुपैयाँ हुनेछ ।
बैंकले लाभांश प्रस्ताव पारित गराउन फागुन २७ गते साधारण सभा बोलाएको छ ।
बैंकले साधारणसभामा तत्कालीन सेयरधनी एनआइडिसी डेभलपमेन्ट बैंकको साविकको १० प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।
सर्वसाधारण सेयरधनीमा रुपान्तरण गर्न सञ्चालक समितिको सिफारिसमा नेपाल राष्ट्र बैंकको स्विकृतिका लागि समेत निवेदन दिइसकेको छ । त्यसको लागि आवश्यक स्विकृतिसमेत प्राप्त भइसकेको बैंकले भनेको छ । बैंकले साधारण सभाका लागि फागुन १४ गते बुक क्लोज गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij