काठमाडौं- फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक फ्याक्टस अफ नेपाल २०१९ पुस्तक सार्वजनिक गरेको छ।
यस २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स) हरु समावेश गरिएको फ्याक्टसले जानकारी दिएको छ।
क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्र लगायतका १९ क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको पाँचो संस्करण हो ।
यो पुस्तकको मूल्य चार सय रुपैयाँ राखिएको छ। देशभरका विभिन्न पसल तथा इसेवापसलबाट पनि खदि गर्न सकिने फ्याक्टसले जानकारी दिएको छ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij