२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको दाङका तिन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

सिटिजन्स बैंकको दाङका तिन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

1.1K
Shares

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले दाङका तीन वटा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, श्री जनकल्याण प्राथमिक विद्यालय सौडियार र श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर सहयोग गरेको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसंग परिचित बनाउन उदेश्यले कम्प्युटर सहयोग गरेको बैंकले बताएको छ । कम्प्युटर सहयोग सँगै उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्ने विश्वास बैंकले लिएको छ । आउँदा दिनहरूमा पनिे संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम संचालन गर्दै जाने प्रतिवद्धता गरेको बैंकल छ ।
बैंकको देशभर८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij