२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निष्ठुरी आमाः परपुरुषसँग बिहे गर्न विष खुवाई चार वर्षे छोराको हत्या

निष्ठुरी आमाः परपुरुषसँग बिहे गर्न विष खुवाई चार वर्षे छोराको हत्या

1.7K
Shares

सल्यान – सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सरिता चलाउनेले लेखेकी छिन् ।

परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनले परपुरुषसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको र ती युवकसँग बिहे गर्ने योजना रहेकाले बच्चाको हत्या गरेको स्वीकार गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij