२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकले ल्यायो ‘सम्मान बचत खाता’ योजना

सिभिल बैंकले ल्यायो ‘सम्मान बचत खाता’ योजना

930
Shares

काठमाडौं– सिभिल बैंकले ‘सम्मान बचत खाता’ नामक नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु–अपांग बिमा तथा १ लाख रुपैयाँसम्मको औषधोपचार बिमा पनि निःशुल्क रूपमै उपलब्ध गराउने जनाएको छ ।

योजनामा सहभागी ग्राहकले बिमाका सुविधा प्राप्त गर्न बचत खातामा राख्नुपर्ने रकमको कुनै बन्देज नरहेको कुरा पनि बैंकले स्पष्ट पारेको छ ।

न्यूनतम मौज्दात शून्य रहेको यस बचत खातामा ग्राहकका लागि निःशुल्क चेकबुक, एटिएम कार्ड, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ, रेमिट्यान्स सुविधा, ओभरड्राफ्ट कार्ड तथा निःशुल्क एबिबिएस सुविधा उपलब्ध रहेकोे बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij