२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

955
Shares

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संखुवासभाको चैनपुर नगरपालिका–६ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा अध्यनरत ५ सयजना विद्यार्थीलाई बुधबार स्विटर वितरण गरेको हो ।

बैंकले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको जनाएको छ । हाल बैंकले देशभर २ सय १७ शाखा, १ सय ६५ एटिएम र ९३ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij