२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भ्रष्ट मुलुकको सुचिमा नेपाल एक सय २४औ स्थानमा

भ्रष्ट मुलुकको सुचिमा नेपाल एक सय २४औ स्थानमा

2.4K
Shares

ट्रान्सपरेन्सी इन्टरनेशनल प्रतिबेदन २०१८

ट्रान्सपरेन्सी इन्टरनेशनलको वर्ष २०१८ को भ्रष्टाचार सम्बन्धी तथ्याङ्कले बिकसित राष्ट्र अस्ट्रेलिया पनि पछिल्लो बर्षझै १३ औ स्थानमा रहन पुगेको तथ्यांकले देखाएको छ । यो तथ्यांक अनुरुप हाम्रो देश नेपाल भन यस बर्ष २ स्थान तल झर्दै भ्रष्टाचारको एक सय १२४ औँ स्थानमा झरेको छ । यस वर्ष अस्ट्रेलिया आफ्नो ७७ अङ्कलाई सुरक्षित राख्दै १३ औँ स्थानमा नै रह्यो भने ३१ अंक मात्र पाएको नेपाल एक सय २२ औ भ्रष्टाचारी मुलुकवाट एक सय २४ औ रहन पुगेको छ ।
१८० राष्ट्रहरूलाई समावेश गरि ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचारको स्तरलाई हेरेर यो सुची बनाउने गर्दछ ।
अस्ट्रेलिया अघिल्लो वर्षको स्थानबाट तल नझरे पनि भ्रष्टाचारको अवस्थामा सुधार नआउनुमा भ्रष्टाचार विरुद्ध अझ कडा कदम चालिनु पर्ने आवश्यकता देखिएको यहाँंको अधिकारकमीहरुको भनाइ रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक भ्रष्टाचार सम्बन्धी तथ्याङ्कलाई विज्ञहरू र सम्बन्धित व्यक्तिहरूले स्थानिय भ्रष्टाचारको अवस्थालाई विश्लेषण गर्दै १८० राष्ट्रहरूको सुची सार्वजनिक गर्ने गरेको छ।
सार्वजनिक कार्यालयलाई व्यक्तिगत लाभका निम्ति प्रयोग गरिने, नातावाद, कृपावाद m आर्थिक अनियमितता, भ्रष्टाचार विरुद्धका संयन्त्र, नीतिगत भ्रष्टाचार( जहाँ व्यक्तिगत लाभका निम्ति राज्यस्तरमा निर्णयहरू लिइन्छ, त्यस्ता तथ्यहरूका आधारमा सुची निर्धारण गर्ने गर्दछ।

शून्य देखि १०० सम्मको अङ्क मापन गरिने यस प्रकृयामा शून्यले सबैभन्दा धेरै भ्रष्टाचार हुने र १०० ले सबैभन्दा बढि पारदर्शी भन्न्े बुझाउने गर्छ ।

१३ वटा सर्वेक्षण र विज्ञहरूको विश्लेषणमा तयार भएको सुचीमा नेपालले २०१७ मा पाएको ३१ अकंलाई यो वर्ष पनि यथावत् राखेता पनि १२२ बाट दुई स्थान तल झरेको छ।
नेपालसँगै १२४ औँ स्थान बढ्नेमा माल्दिभ्स, काजकिस्तान सहित उप सहारा अफ्रिकी राष्ट्रहरू गाबोन र जिबुटी रहेका छन्।
ट्रान्सपरेन्सी इन्टरनेशनल अस्ट्रेलियाकी प्रमुख कार्यकारी सेरेना लिलीह्वाइटले अस्ट्रेलियाले गएको ७ वर्षमा आफ्नो ८ अङ्क गुमाइसकेको बताएकी छन्। समग्रमा डेनमार्कले २०१८ को तथ्याङ्कमा ८८ अङ्क प्राप्त गर्दै सबैभन्दा कम भ्रष्टाचार हुने राष्ट्रका रूपमा अगाडि देखिएको छ।
डेनमार्क लाई पछ्याउदै ८७ अङ्कका साथ न्युजिल्याण्ड दोस्रो र तेस्रो स्थानमा फिनल्याण्ड, सिङ्गापुर, स्विडेन र स्विजरल्याण्डले समान ८५ अकंका साथ भ्रष्टाचारमुक्त देशका रुपमा अग्रपंक्तीमा देखिएका छन । यस वर्षको तथ्याङ्कमा दुई तिहाइ भन्दा बढी राष्ट्रहरू औसतमा १०० मा ४३ अङ्क पाउँदै ५० भन्दा तलको स्थानमा देखिएका छन्।
ट्रान्सपरेन्सी इन्टरनेशनलले यसको सम्बन्धलाई भ्रष्टाचार र लोकतान्त्रिक सबलतासँग जोडेर हेर्ने गरेको छ । पूर्णतया लोकतन्त्र भएको मुलुकले औसतमा ७५ अङ्क प्राप्त गरेका छन् भने कमजोर लोकतान्त्रिक राष्ट्रहरूले ४९ र एकतन्त्रिय शासन प्रणाली अपनाउनेले औसतमा ३० अङ्क प्राप्त गरेका छन्। जर्मनीमा प्रतिबेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलकि अध्यक्ष एडा म्युलरले अप्रजातान्त्रिक र जनवादी सोचका राजनीतिक दलका नेताहरूले आफ्नो शक्तिलाई व्यक्तिगत
स्वार्थका निम्ति दुरुपयोग गर्ने परिस्थितिमा भ्रष्टाचार मौलाउने गरेको विचार व्यक्त गरेकी छन्।
संयुक्त राज्य अमेरिका अघिल्लो वर्षको भन्दा ४ अकं गुमाएर ७१ अङ्कका साथ २०११ पश्चात् पहिलो पटक उत्कृष्ट २० स्थान बाट बाहिरिएको छ।
२२ औँ स्थानमा अमेरिका झर्दा यमन, दक्षिण सुडान, सोमालिया र सिरियाले न्यून १० अकंका साथ पुछारमा रहन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij