२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पत्रकारको सुरक्षास्थिति थप चुनौतीपूर्ण बनेको महासंघको ठहर

पत्रकारको सुरक्षास्थिति थप चुनौतीपूर्ण बनेको महासंघको ठहर

2K
Shares

काठमाडौं -स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले हातपात र दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा नेपाल विद्यार्थी संघले निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीहरुलाई नियन्त्रणमा लिँदै गर्दाको तस्बिर तथा भिडियो खिचेको भन्दै हिमशिखर टेलिभिजनका विनोद कट्वाललाई हातपात गर्दै लात्ताले हानेर धकेला थिए भने नयाँ पत्रिका दैनिकका अमुल थापा, नागरिक दैनिकका विजय गजमेर, नेपाल समाचारपत्रका उज्वल डंगोल र पहिलो पोष्टका सार्थक रन्जितलाई दुव्र्यवहार गरेका थिए । प्रहरीले कसको अनुमतिमा तस्बिर खिचेको भन्दै पत्रकारलाई हातपात तथा दुव्र्यवहार गरेका थिए ।

स्वतन्त्रतापूर्वक पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । प्रहरीबाट भएको यस्ता ज्यादतीले पत्रकारको सुरक्षास्थिति थप चुनौतीपूर्ण बनेको महासंघको ठहर छ । महासंघ प्रहरीद्वारा भएको यो घटनाको कडा भत्र्सना गर्दछ । र, प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदो¥याउन महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij