२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सिईओमा घोष दस्तिदार नियुक्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सिईओमा घोष दस्तिदार नियुक्त

1.1K
Shares
????????????????????????????????????

काठमाडौं –स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको आजको बैठकले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो । यस अघिका प्रमख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् ।

तत्कालिन ग्रिण्डलेज बैंकदेखिनै कार्यरत सिल्भानुसले नेपालमा साँढे सात बर्ष काम गरेर फिर्ता भएका छन् । बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव भएका दस्तिदार ब्रुनाइ, फिलिपिन्स र श्रीलङ्कामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij