२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप हुँदा महामन्त्री काफ्लेसहित ३ जना घाइते

बानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप हुँदा महामन्त्री काफ्लेसहित ३ जना घाइते

975
Shares

काठमाडौं– नयाँ वानेश्वरमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेसहित ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा नेविसंघ ३ नम्बर प्रदेश समितिको उपाध्यक्ष रामप्रसाद अधिकारी र मनिष सिंखडा घाइते भएको नेविसंघका एक नेताले जानकारी दिए । घाइतेहरुको नयाँ वानेश्वरस्थित एभरेष्टमा अस्पतालमा उपचार भैरहेको छ ।
गोविन्द केसीसँग गरिएको सहमति विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै गरिएको प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij