२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बाराका विद्यालयलाई “डिशहोम उज्वल भविष्य” योजना अन्तर्गत सहयोग

बाराका विद्यालयलाई “डिशहोम उज्वल भविष्य” योजना अन्तर्गत सहयोग

1.1K
Shares

काठमाडौं– डिश मिडिया नेटवर्क लिमिटडले ल्याएको “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत बारा जिल्लाका विभिन्न विद्यालयलाई सहयोग गरेको छ ।
डिशले बाराको सिम्रौन गढ स्थित, श्री कँकाली उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको हो । उनीहरूलाई आवश्यक शैक्षिक सामाग्री सहित चिसोे मौसम शितलहरबाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको हो ।
डिशहोमले बारा जिल्लाकै श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालय, श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक विद्यालय लगायतका विद्यालयलाई पनि सहयोग गरीसकेको छ । डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ ।
डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij