काठमाडौं –पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुई खेल अगाडीनै च्याम्पियन बनेको मनाङ मस्र्याङ्दी क्लबको अपराजित रहँदै उपाधि चुम्ने योजना असफल भएको छ ।
एन्फा मैदान सातदोवाटोमा मंगललबार भएको लिगको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–० गोलले पराजित भयो । फ्रेन्ड्सका विकास लामाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै मनाङको सपना चकनाचुर बनाए ।
मनाङले यस जितसँगै लिगमा किर्तिमानी सर्वाधिक आठौं उपाधि समेत जित्यो । उपाधिसँगै ५० लाख रुपैयाँ पुरस्कार पायो ।
दोस्रो भएको संकटाले ३५ लाख रुपैयाँ प्राप्त ग¥यो । तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले सात लाख र छैटौं स्थानमा अटाएको नेपाल पुलिस क्लबले पाँच लाख रुपैयाँ पुरस्कार पाए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij