काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले आइतबार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि सन नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न बिमालेख मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij