तनहू-तनहू जिल्ला, भिमाद् नगरपालिकाको नेवाः खलः राङरुङ ठुलोहट्टियाको आयोजनामा नेवाः देय् दवुको पहिलो सम्मेलन सम्पन्न भयो । उक्त्त कार्यक्रम नेवाः खलः राङरुङ ठुलोहट्टियाका अध्यक्ष सुकिनारायण श्रेष्ठको सभापतित्व तथा भिमाद नगरपालिकाका उपमेयर सारदा खनालको प्रमुख आतिथ्यमा मा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै खनालले यस गाउँमा भएको साँस्कृतिक धरोहरहरुको जगेर्ना र प्रवर्धन गर्न सके पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमका संयोजक सुर्यकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्य पर्यटन प्रवर्धन गरी गाउँ बाट बाहिरीएका युवालाई गाउँमा फर्कन उत्प्रेरणा जगाउने रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य राङरुङ ठुलो हट्टिया टोल बिकास संस्थाका अध्यक्ष अशोक सुन्दर श्रेष्ठले गरेका थिए । कार्यक्रममा नेवाः भाषा विज्ञ मदनमुनि बज्राचार्य, नेवाः देय् दवु गण्डकी प्रदेश प्रमुख प्रकाशमान पालिखे, भिमाद नगर सल्लाहाकार काजिमान श्रेष्ठ, वडा अध्यक्षहरू बुध्दिमान श्रेष्ठ र ईमानसिं थापा, नेवाः साहितिक साँस्कृतिक पुचःका नाय राजु कपाली, नेवाः खलः पोखरिछापका अध्यक्ष प्रकाश श्रेष्ठले अफ्नो भनाई राखेका थिए साथै अन्य वक्त्ताहरुमा कृष्णकुमार श्रेष्ठ, श्याम शुन्दर श्रेष्ठ रहेका थिए ।
कार्यक्रम संचालन आदिवासि जनजाती भिमाद नगर परिषद अध्यक्ष उमाकान्त श्रेष्ठले गरेका थिए भने कार्यक्रममा नेवाः खलः भिमाद का अध्यक्ष आईत श्रेष्ठ, नेवाः खलः रिसिङपाटनका अध्यक्ष लक्ष्मण श्रेष्ठ, नेवाः खलः बाह्रबिसेका अध्यक्ष नुनकुमार श्रेष्ठ, नेवाः खलः ठाटीठोकका अध्यक्ष काजीमान श्रेष्ठ पनि सहभागी भएका थिए ।
कार्यक्रममा राङरुङ नेवाः खलः बाट ऐतिहासिक तथा साँस्कृतिक भगत प्रस्तुत गरिएको थियो । कलाकार चन्द्रमान र नहकुलको समुहले नेवाः महाकवि गिरिजाप्रसाद जोशिको नेवारी गित गाएका थिए भने कलाकार तिमिला मर्हजनले नेवारी गितमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा करिब छ सय जना जति सहभागी उपस्थिती रहेको जानकारी फोटोग्राफर बालकृष्ण श्रेष्ठले गराउनुभयो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij