काठमाडौं-गरिमा विकास बैंकले सबै तहसम्म वित्तीय पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा बैंकले बुधबारदेखि दाङको घोराही र कैलालीको धनगढीमा शाखा सञ्चालन गरेको हो ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले घोराही शाखाको तथा धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले धनगढी शाखाको उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल देशभर ६६ शाखा र १५ एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij