कास्की -नक्कली प्रहरी बनेर करिब ८२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला लमजुङ मर्स्याङदी गाउँपालिका, १ घर भई हाल पोखरा महानगरपालिका, १५ काजिपोखरीमा बस्दै आएका वर्ष २८ का जीवन गुरुङ रहेका कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको कर्मचारि भन्दै नगद तथा जिन्सी सामान असुल्दै आएको सुचना पाएपछि प्रहरीले जीवन गुरुङको खोजतलास गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका असई सन्तोष सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाण्डौं स्थित गोंगवु बसपार्कबाट उनलाई पक्राउ गरेको हो ।
बुधबार पक्राउ गरि पोखरा ल्याईएको उनलाई बिहीबार म्याद थप अनुमति लिई अनुसन्धान कार्य थालिएको प्रहरीले जनाएको छ । उनले डेढ वर्षदेखि ठगीको काम गर्दै आएको र हाल सम्म २९ जना व्यक्तिहरुलाई ठगि गरेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij