काठमाडौं– अनुमति बिना बैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका राजेशकुमार थापाले मकाउ पठाईदिन्छु भन्दै डम्बरजङ्ग सारुमगर समेतबाट ९ लाख पैसा लिए, तर मकाउ पठाएनन् ।
‘मकाउ सपना’ देखाएर ठगी गर्ने राजेशकुमार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
बैदेशिक रोजगार कसुर सम्बन्धी दुईओटा मुद्धाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणले मनाङको धारापानीका थापालाई ३ लाख जरिवाना ठहर गरेको थियो । २०७४ असोजको उक्त फैसला तथा सजाय बेरुजु रही भागी फरार रहेका थापालाई काठमाडौंको बानियाँटारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागी काठमाडौं जिल्ला अदालतको आदेशले सोमबार केन्द्रीय कारागार चलान गरिएको बताइएको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणले प्रतिवादीबाट पीडित व्यक्तिहरुलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जाना रकमसहित हुन आउने १३ लाख ५० हजार भराईदिन आदेश गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij