२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काभ्रेको बेथानचोकमा ग्लोबल आइएमई बैंकको शाखा

काभ्रेको बेथानचोकमा ग्लोबल आइएमई बैंकको शाखा

1.6K
Shares


काभ्रे- ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको बेथानचोकमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका थिए ।

मन्त्री बाँस्कोटाले बेथानचोकलगायत देशका अन्य गाउँपालिकामा ग्लोबल आइएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । बैंकले देशभरमा १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ६ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर र १ सय १० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij