२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्मचारी समायोजन अध्यादेशमा असन्तुष्टको गुनासो सुन्न समिति गठन

कर्मचारी समायोजन अध्यादेशमा असन्तुष्टको गुनासो सुन्न समिति गठन

1.8K
Shares

काठमाडौं– सरकारले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीहरुको गुनासो सुनुवाइ गर्न गुनासो व्यवस्थापन समिति गठन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, कानून न्याय तथा स्रसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य रहेको समिति गठन गरिएको हो । उक्त समितिको सदस्य सचिवमा सामान्य प्रशासन मन्त्रालयका आन्तरिक व्यवस्था शाखाका उपसचिव रहेका छन् । पुस १ गते गठन भएको समितिले काम सुरु गरिसकेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ
अध्यादेशको व्यवस्थामा कुनै अस्पष्टता र गुनासो भएमा त्यस्ता गुनासा सुन्ने र समायोजन प्रक्रियालाई गुनासोरहित बनाउन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij