२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिङरोडमा थप ६ आकाशे पुल बन्दै

रिङरोडमा थप ६ आकाशे पुल बन्दै

1.8K
Shares

काठमाडौँ – चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ ।

चीन सरकारको सहयोगमा सञ्चालित उक्त सडक खण्डको सुधारको काम पनि अन्तिम चरणमा पुगेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

सो खण्डमा जेब्रा क्रस र आकाशे पुल पर्याप्त नभएकाले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नुपरेको भन्दै गुनासो आएपछि सुधारका कामलाई तीव्रता दिइएको छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशे पुल निर्माणको कामलाई तीव्रता दिएको छ ।

नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij