२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राउत पुर्पक्षका लागि जेल चलान

राउत पुर्पक्षका लागि जेल चलान

2.6K
Shares

रौतहट -रौतहट जिल्ला अदालतले तराईलाई छुट्टै देश बनाउने अभियान चलाएका सिके राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश अम्बिका निरौलाको इजलासले राउतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

उनका अनुसार राउतलाई रौतहटकै जिल्ला कारागारमा पठाइएको छ। उनले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिए। सर्वोच्चले उनको रिट खारेज गरेपछि रौतहट जिल्ला अदालतले उनको थुनछेक बयान र बहस गरेको थियो।

राज्यविरूद्ध संगठित अपराध गरेको अभियोग लगाएर प्रहरीले रौतहट जिल्ला अदालतमा राउतविरूद्ध मुद्दा दायर गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij