२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सर्वोच्चले दियो पूर्वआईजीपी बोहोरालाई सफाई

सर्वोच्चले दियो पूर्वआईजीपी बोहोरालाई सफाई

1.7K
Shares

काठमाडौं -सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वआईजीपी मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्दाबाट सफाई दिएको छ ।

बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले पूर्वआईजीपी बोहोरालाई भ्रष्टाचारको मुद्दामा सफाई दिएका हुन । पूर्वआईजीपी बोहरासहित उनका छोरा, छोरी र श्रीमतीले पनि सफाई पाएका छन् ।

यसअघि २०६८ साल चैत २१ गते विशेष अदालत काठमाडौंले बोहोरालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र करिब २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

पूर्वआईजीपी बोहोराले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरि करिब २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद र करिब २७ लाख नै बिगो र जरिवाना भराउने फैसला सुनाएको थियो ।

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै पूर्वआईजीपी बोहोराले २०६९ साल पुष ११ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij