२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अब त्रिविमा मास्टर्समा प्राइभेट परीक्षा दिन नपाइने

अब त्रिविमा मास्टर्समा प्राइभेट परीक्षा दिन नपाइने

2.2K
Shares

काठमाडौं–त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह ९मास्टर्स० मा प्राइभेट परीक्षा दिन रोक्ने भएको छ ।
मास्टर्समा सबै विषय सेमेष्टरमा पढाइ हुने भएपछि वार्षिक प्रणालीको प्राइभेट परीक्षा त्रिविले नलिने भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस्ता परीक्षा सञ्चालन गर्ने जिम्मा अब खुल्ला विश्वविद्यालयलाई दिइनेछ ।
त्रिविले २ वर्षदेखि सञ्चालनमा रहेको खुल्ला विश्वविद्यालयलाई प्राइभेट परीक्षा सञ्चालन गर्ने जिम्मा दिने तयारी गरिरहेको छ । त्रिविले मास्टर्समा राजनीतिशास्त्र र सार्वजनिक प्रशासनमा प्राइभेट परीक्षा लिदैं आएको थियो । दिनहुँ कक्षा आउन नसक्ने विद्यार्थीका लागि खुल्ला विश्वविद्यालय भएपछि त्रिविले मास्टर्समा प्राइभेट परीक्षा सञ्चालन नगर्ने भएको हो । जोशीका अनुसार त्रिविमा हरेक वर्ष करिब ९ हजार विद्यार्थीले प्राइभेटमा मास्टर्सको परीक्षा दिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij