गोरखा- २०७२ भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक जाने सडकका विभिन्न खोलामा पुल निर्माण गरिएको छ।
जापानी सहयोग नियोग (जाइका) को आर्थिक र प्राविधिक सहयोगमा बाह्रकिलो(छेवेटार(भालुस्वाँरा(वारपाक सडक खण्डमा बनेका पाँच वटा पुल सरकारलाई हस्तान्तरण गरिएको छ।
गत असारमै निर्माण सकिएका पुल सोमबार नेपालका लागि जापानी राजदूत मासासी ओगावाले भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई हस्तान्तरण गरे। पुल बनाउन जाइकाले ९३ करोड रुपैयाँ लगानी भएको छ।
अजिरकोट र सुलिकोट गाउँपालिका जोड्न दरौंदी नदीमाथि १३४ मिटर लामो पुल निर्माण गरिएको छ।
अजिरकोटको झ्याल्ला खोलामा ५०, घट्टेखोलामा ३०, सुलिकोटको राङरुङ खोलामा ५० मिटर लामो र सिरानचोकको गाँखुस्थित खहरेमा २५ मिटर लामो पुल निर्माण गरिएको हो।
बारपाक पुग्ने सडकमा पुल निर्माण भए पनि सडक कालोपत्रेको काम भने अलपत्र छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij