२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वृद्धि गरेको न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने

वृद्धि गरेको न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने

1.9K
Shares

कठमाडौं– नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमहरुमा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक वृद्धि गरेको पच्चीस प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने निर्णय गरेको हो । महासंघले सबै सञ्चारमाध्यमहरुलाई श्रमजवीवी पत्रकार ऐन कार्यान्वयन गर्न र कार्यान्वयन गराउन नेपाल सरकारलाई आहृवान समेत गरेको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकाहरुलाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
बैठकले स्थानीय प्रदेश सरकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन निर्माण नगर्न आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफै सञ्चारमाध्यमहरु सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति प्रकट गरेको छ ।
महासंघले मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णय जनताको सूचनाको हक र प्रेस स्वतन्त्रताविरोधी भएको निष्कर्ष निकाल्दै तत्काल त्यस्तो निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
बैठकले महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij