२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रमेश विकल वाङ्मय पुरस्कार विमललाई प्रदान गरिने

रमेश विकल वाङ्मय पुरस्कार विमललाई प्रदान गरिने

945
Shares

काठमाडौँ– विसं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा.राजेन्द्र विमललाई प्रदान गरिने भएको छ ।

कथाकार विमल लामो समयदेखि साहित्य लेखनमा सक्रिय छन् । हालसम्म सबैभन्दा धेरै पटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ ।

यसैगरी वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।

सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गरिने छ ।

प्रतिष्ठान कार्य समितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रल्हाद पोख्रेल र सीता भट्टराई सदस्य रहनुभएको सिफारिश समितिको सिफारिशलाई प्रतिष्ठानले अनुमोदन गरी पुरस्कारको घोषणा गरेको हो ।

आगामी पुस १४ गते प्रतिष्ठानकै नवनिर्मित भवनमा साहित्यकारलाई पुरस्कृत गरिने छ । त्यसै दिन विकल स्मृतिसभासँगै भवन उद्घाटन गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij