२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब आफैले अनलार्इनबाट काट्नु होस बसको टिकट

अब आफैले अनलार्इनबाट काट्नु होस बसको टिकट

3.8K
Shares

काठमाडौं – अब टिकट लिनको लागि घण्टौ सम्म लाइनमा बसेर टिकट लिनु पर्ने समस्या हट्ने भएको छ ।

घरमै बसेर अनलाइन बाटै टिकट काट्न सकिने, अनलाइनबाट नै रकम भुक्तानी  गर्न  सकिने र अनलाइनबाट नै बुकिङ गर्न सकिने मेरो यात्रा डट कम डट एनपी ले नयाँ सेवाको सुरुवात गरेको छ ।

मेरो यात्रा डट कम मा  गएर आफूलाई आवश्यक परेको बेला तत्कालै विभिन्न प्रकारका सवारी साधनहरू पनि  रिर्जब गर्न सकिने यसका संचालक उमेश खड्काले बताए । समय सापेक्ष र प्रविधिकाे प्रयाेग गर्दै सरल र सहज रूपमा यात्रुहरू र व्यवासायीहरूलार्इ यसले सहयाेग पुग्नुका साथै झन्झटबाट पनि मुक्त हुने  संचालक  खड्काकाे दावी छ ।

यात्रुहरूलार्इ लामाे दुरीकाे यात्राकाे लागी लाइन बस्नु नपर्ने, ठगिनबाट जेगिने र सजिलै टिकट बुकिङ गर्न र रिजर्व गर्न यसबाट सकिने छ ।

त्यसका लागी  यात्रुहरुले नजिकैकाे साइवर, कम्युनसकेशन, ट्राभल एजेन्सी तथा अाधिकारीकता प्रप्त टिकट काउन्टरहरू तथा मेरो यात्रा डट कमबाट घरमा नै बसि बसि टिकट खरिद गर्न सकिने छ ।

संचालक  खड्काकाे अनुसार अब केहि समय पछि मेराे यात्रा माेवाइल एप पनि कंपनिले सार्वजनिक गर्नेछ । निकट भविष्यमा अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङसंग सहकार्य गरि रकम भुक्तानी गर्न मिल्ने याेजना रहकाे  खड्का बताउछन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij