काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी मंसिर ५ गते बाट हुने महासमिति बैठकको तयारी थालेको छ ।
काँग्रेसले विभिन्न उपसमतिहरु गठन गरेर तयारी सुरु गरेको हो ।
महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काँग्रेस काठमाडौँ जिल्लाका सभापति सवुज बाँनियाको अध्यक्षतामा काँग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले भोजन व्यवस्थापन, मञ्च तथा प्चार प्रसार, स्वयंसेवक व्यवस्थापन, स्थानीय व्यवस्थापन सचिवालय र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको हो ।
जसअनुसार भोजन व्यवस्थापन उपसमितिको संयोजकमा काँग्रेस भक्तपुरका सचिव तोकिएका छन् भने सो समितिको सहसंयोजकमा नेपाली काँग्रेस, ललितपुरका सचिव भीमसेन घिमिरे छन् ।
त्यसैगरी मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकमा गोविन्द पुडासैनी, कोषाध्यक्ष, नेपाली काँग्रेस (काठमाडौ) छन् भने सह संयोजकमा कर्मा व्यजनकार, कोषाध्यक्ष काँग्रेस (ललितपुर) र विजेश अवाल, कोषाध्यक्ष, काँग्रेस (भक्तपुर) छन् ।
स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा भीमसेन घिमिरे, सचिव काँग्रेस ललितपुर र सह संयोजकमा किरण न्यौपाने, सहसचिव, कांग्रेस (भक्तपुर) रहेका छन् ।
स्थानीय व्यवस्थापन सचिवालय उपसमितिको संयोजकमा निशान ढुंगेल, सचिव, कांग्रेस भक्तपुर छन् भने आर्थिक व्यवस्थापन गर्न नेपाली कांग्रेस काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुलाई जिम्मा दिने निर्णय भएको छ ।
काँग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुदैछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij