२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह विजयी

1K
Shares

 

अर्थ नेपाल काठमाडौं/नेपाल निर्माण व्यवससायी महासंघको केन्द्रीय अध्यक्षमा रवि सिंह विजयी भएका छन्। सिंहले यक्षध्वज कार्कीलाई पराजित गरेका हुन्।
शनिबार राति सम्पन्न मत गणनामा सिंहले ४६६ मत ल्याएर विजय हात पारेका छन्। त्यस्तै कार्कीले भने ३५३ मतमात्र पाएका थिए। अध्यक्षको प्रतिस्पर्धामा रहेका रामशरण देउजाले भने ६६ मतमात्र पाए।
वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलकै निकोलस पाण्डे निर्वाचित भएका छन् । एशोसियट्स उपाध्यक्षमा आङ दोर्जी लामा, महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा हिरण श्रेष्ठ, आन्तरिक उपमहासचिवमा नरहरी थपलिया र नीतिगत उपमहासचिवमा टंक चौलागाई निर्वाचित भए।
प्रत्येक प्रदेशबाट एउटा उपाध्यक्ष निर्वाति गरेको महासंघको साधारणसभाले प्रदेश १ मा धिरेन्द्र कुमार दाहाल, प्रदेश २ मा सुरेन्द्र प्रसाद सिंह, प्रदेश ३ मा पेम्बा लामा, गण्डकी प्रदेशमा राजेन्द्र पहारी, प्रदेश ५ मा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा राम बहादुर खड्का र प्रदेश ७ मा टेक बहादुर सेठ्ठी उपाध्यक्ष निर्वाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij