२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

निसान गाडीको ‘फेस्टिभ ड्राइभ’ योजना

निसान गाडीको ‘फेस्टिभ ड्राइभ’ योजना

2.3K
Shares

अर्थ नेपाल काठमाडौं /आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले निसान गाडीका लागि ‘फेस्टिभ ड्राइभ’ योजना ल्याएको छ।
कम्पनीका अनुसार नाडा अटो शोमा गाडी बुकिङ गरेबापत योजनाको अन्त्यमा नगद २७ हजार रुपैयाँ बराबारको रेडमी नोट ५ मोबाइल दिइने छ। नाडा अटो शोको स्टल नं. ए ३ मार्फत निसान गाडीहरूका बारेमा जानकारी पाइनेछ।
नाडा अटो शोमा पायोनियरले सहज फाइनान्स र स्ताबन्दीको प्रावधान लागू गरेको जनाएको छ। जसअन्तर्गत १४ हजार ६११ रुपैयाँको न्यून मासिक किस्ता तिर्नेगरी गाडी पाइनेछ।
योजना चाड–पर्वको मौसमसम्म लागू रहने बताइएको छ। यो योजनाबाट ग्राहकले ४९ हजार रुपैयाँ सम्मको एसेसोरिज, १ वर्षको निःशुल्क बीमा, १ वर्षसम्म सडक कर निःशुल्क, ३ वर्षको वारेन्टी र सर्भिसिङ, तत्काल फाइनान्स र एक्सचेन्जको सुविधा ६ लाखसम्मको नगद छुट समेत प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij