
अर्थ नेपाल अमेरिका /अमेरिकामा भएको नेपाली नेशनल कन्भेन्सनमा रञ्जनचन्द्र अधिकारी अन्तराष्ट्रिय मिडिया मार्केटिङ अवार्डबाट सम्मानित भएका छन् । अधिकारीले एनएनसी अन्तराष्ट्रिय मिडिया मार्केटिङ अवार्ड पाएका हुन । पूर्वप्रधानमन्त्री एंव नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको हातबाट अवार्ड ग्रहण गरेका अधिकारी दुई दशक भन्दा लामो समयदेखी मिडिया मार्केटिङको क्षेत्रमा सक्रिय छन् । यस अघि पनि अधिकारी विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भइसकेका छन् । उक्त कार्यक्रम एशोसिएसन अफ नेपलिज इन इस्ट अमेरिका (नासा), एशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) र एशोसिएसन अफ नेपलिज इन मिडबेष्ट अमेरिका (आन्मा) ले आयोजना गरेको थियो । उक्त कार्यक्रमा अमेरिकामा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij