२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अब हाम्रो पात्रोमा ‘द भ्वाइस अफ नेपाल’ हेर्न सकिने

अब हाम्रो पात्रोमा ‘द भ्वाइस अफ नेपाल’ हेर्न सकिने

1.5K
Shares


अर्थ नेपाल काठमाडौं/ विश्वकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस’ को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल नेपालको लोकप्रिय मोवाइल एप्स हाम्रो पात्रो एप्सबाट पनि हेर्न सकिने भएको छ।
हाम्रो पात्रो र द भ्वाइस अफ नेपालबीच बुधबार साझेदारीको सम्झौता भएसँगै हाम्रो पात्रोका ग्राहकहरूले उक्त कार्यक्रम लाइभ हेर्न पाउने भएका हुन्।
साथै अब हाम्रो पात्रो द भ्वाइस अफ नेपालको आधिकारीक डिजिटल मिडिया पार्टनरसमेत भएको छ।
यो सम्झौतासँगै द भ्वाइस अफ नेपालका यो सिजनको हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारणसमेत हेर्न सकिने सकिने एएनसी इभेन्ट म्यानेजमेन्टका प्रल्हाद सिंह महतले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij