२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

केपीए वेडिङ फोटो अवार्डको छैठौ संस्करण असोजमा हुँदै

केपीए वेडिङ फोटो अवार्डको छैठौ संस्करण असोजमा हुँदै

1.7K
Shares


अर्थ नेपाल काठमाडौं/ काठमाडो फोटोग्राफर संघको आयोजनामा प्रत्येक वर्ष हुँदै आउको ‘केपीए वेडिङ फोटो अवार्ड’को छैठौ संस्करणका प्रमोसनल क्याम्पियन सुरु भएको छ। काठमाडौको गोंगबु मित्रनगर, टोखा नगरपालिका, बसुन्धरा धापासी, बुढानिलकण्ठ, सामाखुशी, नेपालटार, बानियाँटार, गोंगबु तथा नयाँ बसपार्क एरियाका फोटोग्राफरहरुले उत्साहजनक सहभागी भइरहेको फोटोग्राफर बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
यही भदौ २३ गते शनिवार साँझ ५ बजेसम्म विवाह उत्सवमा खिचिएका भावपूर्ण फोटोहरु पठाउन प्रेरित गर्न फोटोग्राफरहरुलाई यसप्रकारको क्याम्पियनको आयोजना गरेको संघले जनाएको छ त्यस अवधिभर प्राप्त भएका विवाह उत्सवका फोटोहरु वीचको प्रतियोगिता हुने काठमाडौं फोटोग्राफर संघका अध्यक्ष भवदेव थापाले बताएका छन्।
यस प्रतियोगिताको नतिजा तथा पुरस्कार यही आउने असोज १ गते सोमवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij